डडेल्धुरामा दुई जना मृत भेटिए

डडेल्धुरा । डडेल्धुराकाे अलग अलग स्थानमा दुई जना मृत फेला परेका छन् । भागेश्वर गाउँपालिका–३ जाजर स्थित सुर्नयागाडको नहरको पानीमा सोही ठाउँका ४५ वर्षीय अर्जुन रावल आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

रावलको मृत्युको कारण नखुलेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।डडेल्धुरामा माछा मार्नका लागि पासो हाल्ने क्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

उता, नवदुर्गा गाउँपालिका-४ मलपडास्थित सेती नदीमा सोही ठाउँ बस्ने २८ वर्षीय रमेशबहादुर विष्टको मृत्यु भएको छ । माछा मार्नको लागि पासो हाल्ने क्रममा पानीमा डुबेका उनलाई आफन्तले उपचारको लागि डडेल्धुरा अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.