बाजुरा कर्णाली नदीमा बगेर दुई बालिका बेपत्ता

बाजुरा । बाजुरामा नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन । जगन्नाथ गाउँपालिका–२ बस्केना बस्ने नन्दबहादुर शाहका छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीका छोरी १३ वर्षीया सन्जु कुमारी शाही बिहीवार दिउँसो कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।

घर नजिकै कर्णाली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई दुबै बालिकाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.