सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचन जारी,आजै परिणाम आउने

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु भएको छ। राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा मतदान सुरु भएको हो।

सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले बिहिवार बिहान पहिलो मत खसालेका छन्। राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन्। निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षका लागि छुट्‍टाछुट्‍टै मतदान स्थल बनाएको छ।

सोहीअनुसार मतदान जारी रहेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए। । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सकिए लगत्तै मतगणना गरिने उनले जानकारी दिए

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन्।सत्तारूढ गठबन्धनका तर्फबाट अन्यतर्फ काँग्रेसका बलदेव बोहरा, अल्पसंख्यक तथा आपांगतातर्फ काँग्रेसका नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्दले उम्मेदवारी दिएकी छन्।

नेकपा एमालेले अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अल्पसंख्यक तथा आपांगतातर्फ रामचन्द्र जोशी र महिलातर्फ सावित्रादेवी घिमिरेलाई उम्मेदवार बनाएको छ। सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१०० रहेको छ। जसमा सत्तारूढ गठबन्धनको मतभार ४४५७ रहेको छ भने एमालेको मतभार १४८० छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.