घरको छतबाट लडेर धनगढीमा एक वृद्धको मृत्यु

धनगढी । कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यू भएको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो।

घरको तिन तलाको छतबाट लडेर गम्भिर घाईते भएका माझीको उपचारको लागि सेती प्रादेशीक अस्पताल ल्याईएकोमा उपचारको क्रममा (बुधवार) गएराति २ः०० बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.