भूकम्प पीडितलाई राहत दिन धनगढी उपमहानगको टोली हिड्यो

धनगढी।  धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको टोली भूकम्प प्रभावितका लागि राहत सामग्री लिएर कर्णाली प्रदेश गएको छ। नगर उपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा कार्यपालिका सदस्यहरूको टोली बिहिवार भूकम्प प्रभावितका लागि राहत सामग्री बोकेर कर्णाली गएको हो।

कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिममा भूकम्पका कारण जनधनको क्षति भोग्नुपरेकाहरूका लागि उपमहानगरपालिकाले ६ लाख ३५ हजार रुपैयाँ बराबरको एक सय क्विन्टल चामल पठाएको हो। कार्यपालिका बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत सामग्री पठाउने निर्णय गरेअनुसार भूकम्प प्रभावितहरूलाई राहत दिन बनाइएको सरकारी एकद्वार प्रणालीमार्फत उक्त खाद्यान्न वितरणका लागि पठाइएको उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले बताए।

बिहिवार विहान नगरप्रमुख गोपाल हमालले कर्णाली प्रदेशको राजधानी सुर्खेतका लागि गएको टोलीलाई राहत सामग्रीसहित विदाई गरेका थिए। उपप्रमुखसहितको टोलीले सुर्खेत पुगेर कर्णाली प्रदेश सरकारलाई चामल हस्तान्तरण गरेर फर्कने छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.