उपचारको अभावमा सहिदको छोरा बन्द कोठामा

खप्तडछाना गाउँपालिका ३, बझाङ थाप्लीकोट घर भएका रावलले यतिबेला शहीद भएका छोरालाई झल्झली सम्झने गरेका छन् । मानसिक रोगले एक वर्षदेखि बन्द कोठाभित्र थला परेका २१ वर्षको नाति किरण रावलको अवस्था दयनीय छ । मानसिक रोगी नातिको कसैले उपचार गरि दिन्छन् कि भनेर उहाँले सबैको आश गर्नुहुन्छ । 

व्यवस्था परिवर्तनका निम्ति छोरा शहीद भयो । बुहारी अर्कैसँग विवाह गरेर गइन् । सानो नाति र नातिनीलाई बाजे र बजैले संरक्षण गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो “नातिनीले विवाह गरेकी छन् । नाति मानसिक रोगको बिरामी भएकाले एक वर्षदेखि बन्द कोठाभित्र थुनेर राख्नुपरेको छ । उपचार गर्न पैसा छैन, नातिलाई उपचारमा सहयोग गरिदिने घरमा कोही मान्छे पनि छैन ।” 

६० वर्ष उमेर काटेका बमबहादुरले आफूले भोगेका दुःखकष्ट पीरमर्का नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री कर्णबहादुर विक (केशव) लाई भावुक हुँदै सुनाउनुभएको थियो । बाजुरा घर भएका विक जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत बझाङ पुग्नुभएको थियो । खप्तडछाना गाउँपालिकाको कमान्डर समेत रहेका विकले आर्थिक अभावमा उपचार नपाएर ती युवकको बिचल्ली भएको बताउनुभयो । 

शहीद परिवारका सदस्यको मानसिक रोगको उपचार हुन नसकेको थाहा पाउनेबित्तिकै म घरमा भेट्न गएको थिएँ, २१ वर्षका किरण रावल बन्द कोठाभित्र एक्लै थिए उहाँले भन्नुभयो, किरणका बाजे र बजैको स्वास्थ्य अवस्था पनि कमजोर रहेको मैले पाएँ । उहाँका छोरा रामजन रावल जनयुद्धमा होमिएर शहीद बनेको जानकारी माओवादी केन्द्रका नेता विकले दिनुभयो । छोरा देशका निम्ति शहीद भयो केही दुःख छैन, मानसिक रोगी नातिको उपचार गर्न नसक्दा मन दुखेको दुखेसो उहाँले पोख्नुभएको हो । 

स्वास्थ्य उपचारका लागि आफू पनि लागि परेको र सहयोगका लागि तीनै तहका सरकार र मानवीय मनभएका सबैसँग सहयोगका लागि विकले आग्रह  गरेको बताउनुभयो । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले किरण रावल मानसिक रोगी भई उपचार गर्न नपाएको जानकारी पत्रकारबाट थाहा पाएको बताउनुभयो । उहाँको र मेरोगाउँ एकैठाउँ हो । अहिलेसम्म किरणको अवस्थाबारे मलाई कसैले जानकारी गरेका छैनन् उहाँले भन्नुभयो, उनको बारेमा बुझेर स्थानीय सरकारले आवश्यक सहयोग गर्छ । गोरखापत्र अनलाईनबाट 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.