मन्त्रीको निजी सचिव हु भनि ठगि गर्ने युवा पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयका मन्त्रीको निजी सचिव हु भनि ठगी गर्ने एक जना युवा पक्राउ परेका छन्। कालिकोट शुभकालिका गाँउपालिका–८ मुग्राहका २९ वर्षीय अम्मरराज सेजुवाललाई सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ खजुराबाट प्रहरीले पक्राउ गरेको हो।

अम्मरले  भुमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयका मन्त्रीको निजी सचिव हु भनि प्रदेशका विभिन्न जिल्लाका कृषी फाँटमा कामगर्ने कर्मचारीलाई फोन गरि पैँसा माग्ने गरेका थिए। उक्त घटना बाहिरीए पछि मन्त्रालयले विज्ञप्ती निकाल्नुका साथै उनीविरुद्ध प्रहरीमा उजुरी हालेको थियो। प्रहरीका अनुसार केहि ठाउँमा उनले सामाजिक विकास मन्त्रीको निजी सचिब हु भन्ने गरेको पनि खुलेको छ । 

कैलाली  जिल्ला अदालतबाट म्यादथपको अनुमती लिई अनुसन्धान जारी रहेकोले अम्मरराजले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको भए आफुसँग भएको आधार प्रमाण सहित जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दरखास्त पेश गर्न समेत प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.