धनगढी ।अपाङ्गता भएका ब्यक्तिहरुलाई सी.आर.पी.डीको प्रतिवेदन लेखन र प्रकृया सम्बन्धी अभिमुखीकरण दिइएको छ । सोमवार धनगढीमा राष्ट्रिय आदिवासी जनजाति अपाङग महिला संघ नेपालले र डिस्एबिलिटी राइट एडभोकेशी राइट फन्टको सहयोगमा प्रतिवेदन लेखन र प्रकृया सम्बन्धी अभिमुखीकरण कार्याक्रम गरेकाे हो ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति आपाङग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङले प्रशिक्षण गर्दै जसको सवाल उसको नेतृत्व हुनुपर्ने बताइन् । उनले देश संधियतामा गए पनि कानुनीरुपमा अझै नगएको भन्दै अपाङगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय महासन्धी (सीआरपीडी) लाई हेर्ने हो भने सन् २०१८ मा बुझाएको निस्कर्ष सुझाव अन्तरगत त्यसको कान्वन्वनको अवस्थाका खाडलहरुलाई कसरी पुर्ने भन्ने विषयमा स्पष्ट गरेको बताईन ।
उनले दोस्रो सी.आर.पी.डी प्रतिबेदन लेख्ने अवस्था आएको बेलामा प्रादेशिक रुपमा सी.आर.पी.डी प्रतिबेदन लेख्न किन जरुरी हुन्छ ? यो प्रतिबेदन हामी सबै अपाङगता भएका व्यक्तिका लागि किन महत्वपुर्ण हुन्छ ? यो प्रतिबेदन लेख्ने समयमा यहाँ भित्र भएका भएका खाडलहरुलाई कसरी पुर्न सकिन्छ र अपाङगता भएका व्यक्तिका सवालहरुमा कसरी समेन्ट सकिन्छ भनेर प्रतिबेदनले स्पष्ट गरेको पनि उनले जानकारी गराईन । त्यसैगरी डिस्एबिलिटी राइट एडोकेशी राइट फन्ट नेपाल प्रतिनिधि कृष्ण गहतराजले सुदूरपश्चिम प्रदेशमा भएकोआन्दोलनले ठुलो माईन्डस्टोन भएको र त्यसको कार्यान्वयन भयो की भएन भन्ने सरोकारलाई जवादेही बनाउनु पर्ने बताए ।
त्यसैगरी राष्ट्रिय आपाङग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउँदले सी.आर.पी.डी महत्वपुर्ण अन्तराष्ट्रिय प्रतिवेदन रहेको बताउदै सुदूरपश्चिम प्रदेशमा अपाङता भएका व्यक्तिले आन्दोलन गरेपछि अहिले प्रदेश सरकारले अपाङता निती प्रदेश सरकारले अगाडी बढाएको बताए । उनले यो निती पास भए अपाङता व्यक्तिलाई सहज हुने बताए ।