गेटामा विश्वविद्यालय स्थापनाको माग गर्दै अत्तरिया क्षेत्र बन्द

धनगढी । कैलालीकाे गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गाेदावरी नगर क्षेत्र बन्द गराएको छ । संघर्ष समितिले गाेदावरी नगर क्षेत्रभित्र यातायात, बजार ब्यवसाय बिहान ८ बजे देखि साँझ ६ बजे म्म बन्द गरेकाे हाे ।

सरकारले जेठ १५ गते संसदमा पेश गरको आगामी आर्थिक बर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम सुुरु गरेको थियो । उनीहरुले गेटामा ६ सय शैय्याको अस्पताल सहित स्वास्थ्य विश्वविद्यालय स्थापना हुनुुपर्ने माग गर्दै आइरहेका छन।

संघर्ष समितिले आज साँझ ५ बजे अत्तरिया चौराहाबाट बाजागाजा सहित यसक्षेत्रका सम्पूर्ण जनसमुदायको उपस्थितिमा गेटा मेडिकल विश्व विद्यालयको बोर्ड लगाएर सडकबाटै मेडिकल विश्वविद्यालय जनघोषणा गर्ने कार्यक्रम पनि राखेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.