धनगढी । डिउटीमा जाँदै गर्दा कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा बिहीवार साँझ दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको उपचारकाक्रममा मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार उनी बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको हो। उनको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ।