प्रतिनिधिसभाका ३ सदस्यका लागि उपनिर्वाचन हुँदै

धनगढी । देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदैछ। तनहुँ- १, बारा- २ र चितवन- २ मा उपनिर्वाचन हुन लागेकाे हाे।

निर्वाचन आयाेगका अनुसार उपनिर्वाचनकाे मतदान अहिले बिहान ७ बजेबाट सुरु भइ बेलुका ५ बजेसम्म जारी रहनेछ। आयाेगले उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ।

चितवन- २ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यस्तै, बारा- २ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।यसैगरी, तनहुँ- १ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.