काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । केहीबेर अघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लागिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल,महाराजगञ्जमा भर्ना गरिएको थियो । पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लैजान लागिएको राष्ट्रपतिका प्रेस सचिव किरण पोखरेलले दिए ।
यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।