बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

धनगढी । बैतडीको देहिमाडौं–गिरेगाडा सडकखण्डको पञ्चेश्वर–५, तिलपुरको भिटामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिपमा १२ जना सवार थिए । अन्य ११ जना घाईते अवस्थाका रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ । 

गाणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से १ ज २९५ नम्बरको जिप सोमबार अहिले ११ः०५ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनास्थलमै वतन नखुलेका एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । अन्य घाइतेको उद्धार भइरहेको जनाइएको छ ।

जिप सडकबाट ६० मिटर तल भीरमा खसेको छ । घाइतेको उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.