स्ववियु निर्वाचन : आज कैलालीका ९ क्याम्पसमा मतदान हुँदै

धनगढी । देशभरका अधिकांस क्याम्पसमा आज स्वतन्त्र बिधार्थी युनियनकाे निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविधालय अन्तरगतका क्याम्पसमा आज चुनाब हुनलागेकाे हाे । यसैक्रममा कैलालीका ९ क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको छ।

आज ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस, लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो।

निर्वाचनका लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ।आज हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन्। वि.सं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो ।

अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.