धनगढीमा रहेको अपाङ्गता सहायता प्रतिष्ठानमा दुई कोठे पुनर्स्थापन कक्षा निर्माण सुरु भएको छ सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री त्रिलोचन भट्टको बिशेष पहलमा उक्त योजना परेको हो ।
चालु आर्थिक बर्षभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने पुनर्स्थापन कक्षाको सिलान्याश बुधबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका वार्ड नं ३ का वार्ड सदस्य अन्जु मगरातीले गरेकी हुन् ।
स्थानीय वडा कार्यालयसहित उपमहनगर पालिकाको प्राबिधिक सहयोग रहने र सामाजिक विकास कार्यालय कैलाली मार्फत सुरु गरिएको उक्त योजनाका लागी प्रदेश सरकारको चालु आर्थिक बर्षमा २० लाख बजेट रहेको प्रतिस्ठानका अध्यक्ष भवानी ऐरले जानकारी दिए।