धनगढी। नागरिक उन्मुक्ति पार्टीले अगाडि सारेको तीन वटा माग पूरा नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने पार्टीका प्रमुख सचेतक सांसद गङ्गाराम चौधरीले बताएका छन्।
टीकापुर घटनाको सम्बन्धमा लाल आयोगको छानबिन प्रतिवेदन सार्वजनिक, १०३ जनामाथि लगाइएको झुटा मुद्दा खारेजी र रेशम चौधरीसहित सात जना बन्दी जेलमुक्त नभएसम्म सरकारमा नजाने उनकाे भनाई छ ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा चार जनाको प्रतिनिधित्व छ। यसैगरी सुदूरपश्चिम प्रदेश सभामा सात जनाको प्रतिनिधित्व छ। सुदूरपश्चिम प्रदेशमा सरकार बनाउनका लागि यो पार्टी निर्णायक देखिएको छ।