गठन्धनकाे सहमती पालना गर्न कांग्रेससंग निर्णायक वार्ता गर्दै प्रचण्ड

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले सहमति बिपरित कुरा गर्न थालेको निस्कर्ष निस्किएको छ ।  माओवादीका एक पदाधिकारी अुसार गठबन्धन भित्रबाट प्रधानमन्त्री बन्छ भन्दै बैठक आज बस्ने भनिएपनि माओवादीले कांग्रेसले चुनाव पहिलाको सहमतिबाट पछाडि हटेको निस्कर्ष निकालेको हाे ।

ती नेताले भने, पहिला खुमलटार गएर पूर्णबहादुर खडकाले तपाईलाई प्रधानमन्त्री दिन तयार छौँ भन्यो । हिजाेको बैठकमा शेरबहादुर देउवाले माओवादीलाई प्रधानमन्त्री दिन नसकिने आसयको कुरा गर्दा बैठक बिना निस्कर्ष टुङगीएको हो ।आज प्रचण्ड अन्तिम वार्ता देउवासंग गर्नु हुन्छ अनि भए ठिक नभए गठबन्धनबाट माओवादी बाहिरिन्छ ।’ चुनाव भन्दा पहिला माओवादीलाई प्रधानमन्त्री दिने सहमति भएपनि पछिल्ला बैठकमा देउवाले आफू पार्टी भित्र नै दबाबमा परेको बताएको बैठकमा सहभागी एक नेताले बताए ।  देउवाको कुरा सुनेपछि माओवादी नेताहरु अब गठबन्धन अगाडि बढ्न नसक्ने निस्कर्षमा पुगेको स्रोतले बताए ।

ती स्रोतका अनुसार भोली बिहान दश बजे प्रचण्ड देउवासंग अन्ति वार्ता गर्ने र प्रधानमन्त्री दिए संगै बस्ने नदिए गठबन्धनबाट बाहिरिने निस्कर्षमा पुगेका बताए । चुनाव अघाडि जसरी पनि गठबन्धन टिकाएर लैजाने भनेका गठबन्धनरत दलहरु अहिले आएर आआफ्नै दाउमा लागेका छन् । कांग्रेसले एमाले र साना दलहरुसंग पनि वार्ता गरेको माओवादीले जानकारी राखेको भएपनि अन्ति पटक आज बिहान प्रचण्डले वार्ता गर्ने तयारी गरेको बताइन्छ । 

केहि दिन पहिला प्रचण्डले ललितपुरमा प्रेस सेन्टको पदाधिकारीको बैठकलाई सम्बोधन गदै पाए सरकारको नेतृत्व गर्ने नपाए सडक र सदन दुबै ठाउँबाट हस्तक्षेपकारी भूमिका खेल्ने बताएका थिए । प्रचण्डले सरकारको नेतृत्व नपाए सरकारमा नजाने मात्र होइन गठबन्धन नै तोड्ने मनसाय बनाएका माओवादी नेता बताउछन् । 

गठबन्धनमा  पनि कुरा नमिलेपछि  एमालेका केहि नेताहरु अहिलेपनि माओवादी नेतासंग छलफलमा रहेको बुझिएको छ । यदि आज बिहान देउवाले प्रचण्डलाई प्रधानमन्त्री नदिने निर्णय सुनाएमा प्रचण्डले भनेका ६० जना सांसद मध्य ५० जना सांसद सहित एमालेसंग नयाँ समिकरण हुन सक्ने माओवादी नेताको आकलन छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.