धनगढी। नेकपा एमालेका अध्यक्ष तथा पूर्बप्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। बिहीबार राति १० बजे उनी धनगढी पुगेका हुन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आएका हुन्।
धनगढीस्थित रुबस होटलमा बसेका उनि आज बिहान ११ बजे धनगढीबाट हेलिकाेप्टमा दार्चुला जाने बताइएको छ। । एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ। ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्ने छन्। एमालेले अजनै दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दैछ।
एमाले सरकारका पालामा चुच्चे नक्सामा समेटिएको ठाउँ दार्चुलाबाट चुनावी अभियान सुरु गरिन लागिएको र अतिक्रमित भूमि फिर्ताको मुद्दालाई एमालेले विशेष रुपमा उठाउने पनि जनाइएको छ। दार्चुलाबाट बैतडी, कञ्चनपुर, धनगढी हुँदै ओली काठमाडौं फर्किने बताइएको छ।