धनगढी । नेपालीहरुकाे दाेस्राे ठूलाे पर्व तिहारको पहिलो दिन आज कागको पूजा गरि मनाईदै छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ।
तिहारको दोस्रो दिन भाेलि कुकुर तिहार भनिन्छ। कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ। कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ।
तिहारको तेस्रो तथा महत्त्वपूर्ण दिन लक्ष्मीपूजा हो। गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत बिहान गाईको र साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। कृषि व्यवसायमा गोरुले पु(याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरु एवं गोवद्र्धन पर्वतको प्रतीकको पूजा गरिन्छ ।
तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाइदिई मखमली र सयपत्री फूलको माला लगाइदिएर सगुन खान दिने प्रचलन छ।