धनगढी । एकताका खाँटी देशभक्त र क्रान्तिकारीकाे पार्टी भनेर चिनिने नेकपा माओवादी पार्टी जनयुद्द छाेडेर संसदीय राजनीतिमा आएपछि हिजाेका ईमान्दार र क्रान्तिकारी नेता तथा कार्यकर्ता पाखा लाग्दै आएका छन् । पार्टी नेतृत्वकाे एकल मनाेगतले गर्दा पार्टी चाैध चिरामा विभक्त भएपनि न चेताएकाे उनीहरुकाे आराेप छ ।
अहिले मंसिर ४ गतेकाे आसन्न निर्वाचनकाेलागि पार्टीले गर्न लागेकाे उम्मेदवार छनाैटमा नेतृत्वले आफ्नाे वरिपरी बाहेक माेफसलमा पार्टी काममा खटिएका अन्यलाई नचिनेकाे भन्दै कयाैं राजनीतिक बेइमानी गर्न नसक्ने पुराना तथा क्रान्तिकारी नेता कार्यकर्ता निरास भएका छन् । जनजीविकाका मुद्दा उठाएर समन्ति शाेषकबिरुद्ध जाईलाग्ने क्रान्तिकारी पार्टी आज चुनावमा जित्न सक्ने भन्दै पैसावाला, नातागाेता, घुसखाेरीलाई चुनावकाे टिकट वितरण गरिरहेकाे बर्षाैंदेखि पार्टी पाेलिटब्यूराेमा रहेका एक नेताले गुनासाे गरेका छन् ।
सुदूरपश्चिमबाट टिकट कै आसमा काठमाण्डाै पुगेका उनले पार्टीकाे निर्वाचन क्षेत्र कमिटीदेखि जिल्ला, प्रदेश कमिटीबाट नै एक समुह यस्ताे लविङमा रहेकाे र केन्द्रीय नेतृत्व पनि त्यसैकाे पक्षपाेषक देखिएकाे बताए । यस्तै पाराले अवसरवादीहरु पार्टीलाई अधाेगति तिर लैजाने उनकाे ठम्याई छ । पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताए ।