अन्जन विष्टको ह्याट्रिकसँगै बंगलादेशमाथि नेपालको सानदार जित

अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले हरायो ।

नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो । नेपालको जितमा अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । १८औं मिनेटमा खाता खोलेका अन्जनले २७औं र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने नेपालका छैटौं खेलाडी समेत बने ।

यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । यससँगै अन्जनले राष्ट्रिय टोलीका लागि ब्यक्तिगत १० गोल गरेका छन् । बंगलादेशका लागि सजाद होसेनले ५५औं मिनेटमा एक गोल गरे । 

यसैबीच बंगलादेशविरुद्ध खेलबाट नेपालका ऋतिक खड्का र आशिष चौधरीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । ऋतिक ८१औं मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा तथा आशिष विमल घर्तीमगरको स्थानमा मैदान प्रवेश गरेका थिए । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.