माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, समानुपातिक सूची बनाउने

 नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने भएको छ । समानुपातिक सूची तयार गर्न सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने लागेको हो ।

समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले बैठक दिउँसो २ बजेका लागि सारिएको छ । समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन दिएको छ । आयोगमा आइतवार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.