चुनावकाे मुखमा सरुवा: गृहसचिवमा सिंह, राष्ट्रिय अनुसन्धान प्रमुखमा थापा

काठमाडाैं । सरकारले चुनावकाे मुखमा माथिल्लाे तहका कर्मचारी ब्यापक सरुवा गरेकाे छ । चुनाव परिमाण आफ्नाे पक्षमा ल्याउन प्रभाव पार्ने गरेकाे आराेप छ ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ भने  गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने आपूर्ति मन्त्रालयका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज शर्मालाई नियुक्त गरेको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रधानमन्त्री कार्यालयका ताराप्रसाद अधिकारीलाई पनि सरुवा गरेको छ । सम्पत्रि शुद्धीकरण अनुसन्धान विभागका तीर्थ भट्टराईलाई प्रधानमन्त्री कार्यालय लगिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.