सीट बाँडफाँड सहमति नभएका क्षेत्रमा शीर्ष नेताहरू समझदारी खाेज्दै

सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँट टुङ्ग्याउन छलफलमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू आगामी निर्वाचनमा जाँदा कुन दलले कति सिट लिने भन्ने विषय टुङ्ग्याउन छलफलमा जुटेका हुन् ।

सिट बाँडफाँट टुङ्ग्याउन गठन भएको कार्यदलले अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो । सहमति नजुटेको विषयमा शीर्ष नेताहरूले टुङ्ग्याउने गरी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेल गर्ने सहमति गरेअनुसार सिटको भागबण्डा मिलाउन सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले दर्जनौँ पटक छलफल गरे तापनि सिट बाँडफाँटका नटुङ्गिएपछि अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो ।

कार्यदलले एकल दाबी रहेका करिब ९० सिटमा समझदारी जुटाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । सहमति नभएका क्षेत्रमा शीर्ष नेताहरू बसेर समझदारी गर्ने भनिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.