एमाले उपाध्यक्ष बादललाई मातृ शोक, प्रचण्डद्वारा दुःख व्यक्त

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृ शोक परेको छ । पूर्वगृहमन्त्री बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित निवासमै ९१ वर्षकाे उमेरमा निधन भएको हो । 

थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समवेदन व्यक्त गरेका छन् । ‘नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी ममतामयी आमाको आज बिहान चितवन क्षेत्रपुर उहाँकै निवासमा निधन भएको खबरले दुखित बनाएको छ। आमाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । थापासहित सम्पूर्ण शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रचण्डले शाेक वक्तव्यमा उल्लेख गरेका छन् । 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि थापाकाे निधनप्रति शोक वक्तव्य जारी गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.