पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु, अर्की छोरी घाइते

धनगढी । पहिरोले पुरिंदा रुकुम पश्चिममा आमा र छोरीको मृत्यु भएको छ। अर्की छोरी भने घाइते भएकी छन्।

जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी हुन्।

तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.