सुन–चाँदीको भाउ बढ्यो, कस्काे मुल्य कति ?

बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । 

बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  यता, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.