कैलालीमा साढे ११ हजार नयाँ मतदाता थपिए

धनगढी । स्थानीय तहको निर्वाचन यता कैलाली जिल्लामा करिव साढे ११ हजार नयाँ मतदाता थपिएका छन्। जिल्लामा एक मतदान स्थल थप गरिएको छ भने तीन मतदानस्थल सारिएका छन्।

प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख प्रेम भट्टले कैलालीमा ११ हजार चार सय ३० नयाँ मतदाता थपिएकाे बताए । अब मंसिर ४ गते हुने निर्वाचनको तयारीमा आयोग रहेको बताउदै उनले भने ‘निर्वाचन आयोग कार्यतालिका बनाएर मंसिर ४ को निर्वाचतको तयारीमा जुटेको छ ।’ आवश्यक सामग्रीको आँकलन, व्यवस्थापन तथा पुराना सामग्रीको तथ्यांक अध्यावधिकको काम गर्न थालेको भनाइ छ।

कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र छन्। मंसिर ४ गते पाँच प्रतिनिधि सभा सदस्य र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ । एक मतदान स्थल थपिएपछि कैलालीमा २ सय ३७ मतदान स्थल हुनेछन्। जिल्लामा ३० राजनीतिक दल दर्ता रहेकाले उनीहरुका उम्मेदवारहरु हुनेछन्। तर सत्तारुद दलले गठबन्धन गरेकाले उम्मेदवारको संख्या कम हुने देखिएको आंकलन गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.