मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु भएकाे छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए ।

आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् । दल दर्ता गर्न काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र जानुपर्ने छ ।

दल दर्ता गर्दा खुलाउनुपर्ने विवरण र चाहिने कागजात यो सूचनामा हेर्नुस्-

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.