एसईईमा ३.२० जीपीए ल्याउनेलाई मासिक ४ हजार

गुल्मी । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ३.२० जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरुलाई मासिक चार हजार दिने भएको छ । अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो ।

शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।उनले नगरपालिकाभित्र शौक्षिक गुणस्तर वृद्धि गर्न यस्तो कार्यक्रम आबश्यक रहेको उल्लेख गरे ।

यस कार्यक्रमले यहाँका नगरिकहरुले आˆना छोराछोरीहरुको भविष्य सुनिचित गर्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाको रहेको छ । तोकिएको अंक ल्याएका विद्यार्थीहरु रेसुङ्गा नगरपालिका अन्र्तगतका विद्यालयमा अध्ययन गरेका र नगरपालिकाको स्थायी ठेगाना भएको हुनुपर्नेछ ।

रेसुङ्गा नगरपालिका भित्र ०७८ को माध्यामिक शिक्षा परीक्षाको (एसईई) मा विभिन्न विद्यालयमा अध्ययन गरी ३.२० जीपीए ल्याउने विद्यार्थी संख्या हालसम्म १४६ रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.