आजकाे मन्त्रीपरिषदले मंसिर ४ गते निर्वाचानकाे मिति ताेक्ने

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। सम्भवत: आज बिहीबार बस्ने मन्त्रिपरिषद्‍को नियमित बैठकले चुनावको मिति घोषणा गर्ने बताइएको छ। 

बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले आउँदो मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने समझदारी गरेका थिए। नेताहरूले सोही अनुसार चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन्। प्रधानमन्त्री देउवाले पनि निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्। निर्वाचन आयोगले दुई हप्ता अघि नै निर्वाचन घोषणाबारे सरकारलाई सुझाव दिइसकेको थियो। 

आउँदो मंसिर २२ मा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल सकिने आयोगको निश्कर्ष छ। त्यसका लागि मंसिर ४ गतेभित्र चुनाव गरिसक्नुपर्ने आयोगको भनाइ छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.