म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। मंगलबार बिहान मालिका गाउँपालिका–२ रुमको तामिङमा घामबहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो।
घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ। त्यस्तै, गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन्। घामबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन्।
बेपत्ताहरुकाे खाेजी कार्य भैईरहेकाे बताइएकाे छ ।