प्रमुख प्रशासकीय अधिकृत व्यापक हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । सरकारले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निणर्यबाट सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवसरहका कर्मचारी हेरफेर भएका थिए ।

को कहाँ सरुवा ?

काठमाडौंको नागार्जुन नपामा कार्यरत सुरेन्द्र थापामगर काभ्रेपलाञ्चोकको धुलिखेल नपामा सरुवा भएका छन् । काठमाडौंकै तारकेश्वर नपामा कार्यरत शिवप्रसाद लम्सालको काभ्रेपलाञ्चोकको नमोबुद्ध नपामा र शंखरापुर नपामा कार्यरत रमेश गौतमको कपिलवस्तुको शिवराज नपामा सरुवा भएको छ ।

यस्तै चितवनको राप्ती नपामा कार्यरत गंगाबहादुर भुजेलको बाग्लुङको गलकोट नपामा र चितवनकै भरतपुर महानगरबाट सुकदेव लम्सालको चितवनकै राप्ती नपामा सरुवा भएको छ । चितवनकै खैरहनी नपाबाट पुरुषोत्तम शर्मा स्याङजाको गल्याङ नपामा पुगेका छन् ।

कपिलवस्तुको बाणगंगा नपाबाट टेकराज पन्थी रुपन्देहीको बुटवल उपमहानगरमा सरुवा हुँदा कपिलवस्तुकै शिवराज नपाबाट गणेशप्रसाद अर्याललाई सुर्खेतको गुर्भाकोट नपामा पठाइएको छ । स्याङ्जाको गल्याङ नपाबाट लेखनाथ न्यौपानेको चितवनकै खैरहनी नपामा र स्याङ्जाकै चापाकोट नपाबाट दामोदर शर्माको बाग्लुङको जैमिनी नपामा सरुवा भएको छ ।

यस्तै नुवाकोटको बेलकोटगढी नपाबाट दीपकप्रसाद खतिवडा तनहुँको भानु नपा पुगेका छन् । मकवानपुरको थाहा नपाबाट हरिलाल पुरीको बाराको निजगढ नपामा गएका छन् । बाराको निजगढ नपाबाट सुमनकुमार कार्कीको बाराकै पचरौता नपामा, धुलिखेल नपाबाट तारानाथ लुइँटेलको ओखलढुंगाको सिद्धिचरण नपामा सरुवा भएको छ ।

७ जना प्रमुख प्रशासकीय अधिकृत अन्य निकायमा

७ वटा नपाका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाट बाहिरिएका छन् । उनीहरु नपाबाट सरकारका अन्य संघीय निकायमा सरुवा भएका हुन् ।

बाग्लुङको गल्कोट नपाबाट हरिप्रसाद शर्माको जिल्ला समन्वय समिति अर्घाखाँचीमा, रुपन्देहीको देवदह नपाबाट डिल्लीराज बेलवासेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यस्तै सुर्खेतको पञ्चपुरी नपाबाट रोमकान्त पाण्डेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, झापाको अर्जुनधारा नपाबाट गीताकुमारी राईको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, बाग्लुङको जैमिनी नपाबाट ज्ञानराज कोइरालाको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा, धादिङको धुनीवेंशी नपाबाट हरिदत्त कँडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र रौतहतको गौर नपाबाट श्रीधर केसीको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ६ जना उपसचिवलाई विभिन्न नपाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । अतिरिक्त समूहका नेत्रप्रसाद घिमिरेको काठमाडौस्थित तारकेश्वर नपामा, होमनाथ काफ्लेको मकवानपुरको थाहा नपामा, हीरामणि सुवेदीको काठमाडौंस्थित शंखरापुर नपामा र नवराज पौडेलको रुपन्देहीस्थित सिद्धार्थनगर नपामा, शुभाकर पौडेलको स्याङ्जाको चापाकोट नपामा र भुदेव झाको रौतहटको ईशनाथ नपामा सरुवा भएको हो ।

त्यस्तै विभिन्न निकायमा कार्यरत ६ जनालाई नपामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अच्युतराज रेग्मी धादिङको धुनीवेंशी नपा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका डिल्लीराज सिग्देलको स्याङजास्थित वालिङ नपामा, स्थानीय पूर्वाधार विभाग ललितपुरमा कार्यरत ईश्वरीप्रसाद ढकाललाई नागार्जुन नपाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नारायणप्रसाद पोखरेल अर्घाखाँचीको भूमिकास्थान नपामा, गण्डकी प्रदेशको प्रदेशसभा सचिवालयमा कार्यरत जीतेन्द्रजंग केसीको कास्कीको पोखरा महानगरमा र जिल्ला समन्वय समिति नुवाकोटका जिल्ला समन्वय अधिकारी सूर्यदर्शन पण्डितको नुवाकोटको बेलकोटगढी नपामा सरुवा भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.