धनगढी । नेपाली काँग्रेस निकट पत्रकार संस्था नेपाल प्रेस युनियनको नवाैं महाधिवेशन सम्पन्न भएकाे छ । हेटाैडामा भएकाे अधिवेशनबाट अध्यक्ष पदमा शिव लम्साल ७४५ मल ल्याएर विजयी हुनुभएको छ। अध्यक्षका अर्का प्रत्यासी अनिता विन्दुलाई १३३ मतले पराजित गर्दै लम्साल निर्वाचित भएका हुन् ।
युनियनका अधिकांश पदाधिकारी पनि लम्सालकै प्यानलबाट निर्वाचित भएका छन्। आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा, महिला उपाध्यक्षमा सलोजा दाहाल, महासचिवमा दिलीप पौडेल र कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन्।
प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट डिल्लीराम खतिवडा, मधेश प्रदेशमा अनिलकुमार कर्ण, बागमतीमा मुरारी अधिकारी, गण्डकीमा ऋषिकान्त पौडेल, लुम्बिनीमा माधव अर्याल, कर्णालीमा राजेन्द्रबहादुर कार्की सुदूरपश्चिममा प्रेम चुनारा र उपत्यका उपाध्यक्षमा जीवन भण्डारी निर्वाचित भएका छन् ।