६ वर्षीया बालिका बलात्कार आरोपमा २६ वर्षीय युवक पक्राउ

बर्दियामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजाली रहेका छन्।

गोठको पछाडि लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ। उक्त विषयमा  प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.