नेपालकाे अर्थतन्त्र पनि संक्रमणमा

काठमाडौं । आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुको समयमा विगतको नीतिको समीक्षा र आर्थिक सुधारका लागि चालिनुपर्ने कदमबारे सरकार र राष्ट्र बैंकबीच छलफल हुन नसकेकाे अवस्थाले नेपालकाे अर्थतन्त्र पनि संक्रमणमा देखिएकाे अर्थविदहरुले बताएका छन् ।

 उसाे त सबैले स्वीकारेका छन्, देश आर्थिक संकटको सम्मुखमा छ । तर, यही बेला गम्भीर नैतिक प्रश्न खडा भएपछि अर्थमन्त्री राजीनमा दिएर बाहिरिएपछि अर्थमन्त्रालयमा मन्त्री छैनन् । गभर्नरको नाम प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा बाहिरिएपछि बेला राष्ट्र बैंकभित्र पनि सन्नाटा छ ।

अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरी पुष्कर बजेट बनाउँदा असम्बन्धित व्यक्ति र स्वार्थ समूहलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा संसदीय छानबिनको घेरामा छन् । अनुसन्धान सकिनासाथ उनीहरु मन्त्रालयबाट अन्यत्र सुरुवा हुने निश्चित प्रायः छ ।

अर्थविद्‍हरुका अनुसार अर्थतन्त्र जटिल मोडमा रहेका बेला देशको आर्थिक, वित्तीय र मौद्रिक नीति निर्माण र कार्यान्वयन गर्ने निकायहरु पक्षघातको अवस्थाबाट गुज्रिरहेका छन् । संवेदनशील समयमा पनि आर्थिक क्षेत्रका नेतृत्वदायी संस्थाहरु नैतिक प्रश्नले घेरिएका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.