धनगढी । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा कृर्याशिल पाँच जना पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलेले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान तथा सिर्जनसिल पत्रकारको रुपमा सञ्जु पौडेल, डिलाराम भुुसाल र प्रेम विकलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।
अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान (मरणोपरान्त) लाई जनही ५० हजार रुपियाँ पुरस्कार र सम्मान पत्रसहित मुख्यमन्त्री कुलप्रसाद केसीले सम्मान गरेका हुन । रुपन्देहीकी सञ्जु पौडेल, कपिलबस्तुका डिलाराम भुसाल र बर्दियाका प्रेम विकलाई पनि जनही ५० हजार रुपियाँ र सम्मान पत्रबाट सम्मान गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले २० वर्ष काम गरेका अग्रज एकजना र सिर्जनसिल तीन जना पत्रकारलाई पुरस्कृत गर्नेगरी एक जना पत्रकारलाई अघिल्लो वर्षदेखि सम्मान गर्न सुरु गरेको थियो ।
पुरस्कृत अग्रज पत्रकार खिमानन्द भट्टराईले लामो संघर्षबाट संघीयता प्राप्त भएको बताउँदै त्यसको संस्थागत विकास हुन नसक्दा आम नागरिकका आशा र अपेक्षा अनुसारको विकास हुन नसकेको र संघीयता प्रति नै नैराश्यता सिर्जना गरेको भनाई राखेका थिए ।