एमालेको असहमतिका बीच धनगढीको बजेट बहुमतले पारित

धनगढी । नेकपा एमालेको असहमतीका बीच धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट बहुमतले पारित गरिएको छ । सोमबार बसेको आठौं नगर सभाको बैठकले उपमेयर कन्दकला रानासहित एमालेका नगरसभा सदस्यहरुको विमतीका बीच बजेट बहुमतले पारित गरेको हो ।

उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार एक अर्ब ८३ करोड ८९ लाखकोब जेट नगर सभामा पेश भएको हो। नगर सभामा एक अर्ब सात करोड २३ लाख चालु तथा ७८ करोड ६६ लाख को पूँजीगत बजेट नगर सभामा पेश भएको थियो। नगरध्यक्ष तथा मेयर गोपाल हमालले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन ।

यसअघि उपमेयर कन्दकला रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया मिचेर एकलौटी रुपमा आएको बताएपछि दुई पक्षबीच बैठकमा चर्काचर्की हुँदा केहीबेर बैठक स्थगित समेत भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.