बेदकाेटले दियाे दृष्टिविहीन अपाङ्गतालाई शैक्षिक सहायक समाग्री

धनगढी । कञ्चनपुरकाे बेदकाेट नगरपालिकाले नगरभित्र रहेका दृष्टिविहीन अपाङ्गता भएका ब्यक्तिहरुलाई निशुल्क शैक्षिक सहायक सामाग्री वितरण गरेकाे छ । राष्ट्रीय दृष्टिविहिन संघ नेपालकाे पहलमा बेदकाेट नगरपालिकाले साे सामाग्री खरिदकालागि आर्थिक सहयाेग गरेकाे हाे ।

May be an image of 4 people, people sitting, people standing and indoorबुधवार एक कार्यक्रमकावीच बेदकाेट नगरपालिका वाड नम्बर ६ का अध्यक्ष तुलसीराम रानाथारुले ३० जना दृष्टिविहीन अपाङ्गता भएका ब्यक्तिहरुलाई सेताे छडी र २० जनालाई शैक्षिक समाग्रीका रुपमा अडियाे डिभाईस वितरण गरेकाे राष्ट्रीय दृष्टिविहिन संघ नेपालका अध्यक्ष बलराम पन्तले जानकारी दिए ।

राष्ट्रीय दृष्टिविहिन संघ नेपालका अध्यक्ष बलराम पन्तकाे अध्यक्षतामा भएकाे वितरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष विमला चाैधरी लगायतका सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । सामाग्री पाएपछि हिडडूल गर्नकासाथै शिक्षाकसेवा लाेकसेवा लगायतका प्रतियाेगितामा आफ्नाे क्षमता प्रदर्शन गर्न सहज हुने भन्दै सामाग्री पाएकाहरु खुशी देखिन्थे ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.