स्वतन्त्र मेयरकाे भोटले जिसस कैलालीमा काग्रेस-माओवादी गठबन्धन विजयी

धनगढी । स्वतन्त्रबाट निर्वाचित धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमालले साथ दिएपछि जिसस कैलालीमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले जित हात पारेको छ । सोमबार धनगढीमा भएको मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले प्रमुख र उपप्रमुख जितेका हुन् ।

गठबन्धनमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित थिए भने अर्काेतिर  एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल थियो ।गठबन्धनको प्रमुख र उपप्रमुखमा १३ र एमाले–उन्मुक्तिमा तालमेल १२ मत आएको थियो । तर समितिको प्रमुखमा गठबन्धनबाट काँग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्। उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए।

यस्तै उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए। एमालेका राजेन्द्र खनालले १२ मत पाए। यस्तै जिल्ला समन्वय समितिको सदस्यमा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, माओवादीबाट दिलु कामी र नागरिक उन्मुक्ति पार्टीबाट सरिता भुल विजयी भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.