धम्काएर ७ कराेड रकम माग्ने सात जना पत्रकार पक्राउ

काठमाडौं । सात करोड रुपियाँ माग गरेको आरोपमा प्रहरीले सात जनालाई शुक्रबार पक्राउ गरेको छ।

पीडितलाई पटक पटक फोन गरेर तथा भेटेर धम्की दिएर पैसा माग्ने सात जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।  अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका आरोपितमाथि अनुसन्धान सुरु भएको जानकारी दिए।

पक्राउ पर्नेमा उदयपुरका २१ वर्षीय सुजन आचार्य, कालिकोटका २९ वर्षीय टेक बिक, बझाङका २९ वर्षीय धर्मराज थापा, गुल्मीका २९ बसन्ता खनाल, काठमाडौंका ३३ श्रवण कार्की, काभ्रेका ३३ वर्षीय उमेश भण्डारी र चितवनका ३२ सुरज शर्मा छन्।

प्रहरीले पीडितको परिचय खुलाएको छैन भने पक्राउ परेका सबै जना पत्रकार रहेकाे बताइएकाे छ । आरोपितलाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.