कांग्रेसले धनगढीको मेयरमा पुनः वडलाई नै दोहोर्‍याउने

धनगढी। नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ। सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेपछि शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको मेयरका लागि वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गर्ने निर्णय गरेको हाे ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वडले भने, ‘सम्भवः कार्यसम्पादन समितिको बैठकले (आज) टुङ्गो लगाउँछ होला ।’ फेरि टिकट पाउने निश्चित भएपछि वडले पदबाट राजीनामा दिने तयारी गरेका छन् । अहिले काठमाडौंमा रहेको उनी शनिबार आज बिहानै धनगढी फर्किएर राजीनामा दिने बताइएको छ ।

मेयरका अर्का आकांक्षी कृष्णबहादुर महरालाई भने आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको छ। नगर समितिले धनगढीको मेयरका लागि वड र महरासहित ७ जनाको नाम सिफारिस भएको थियो । सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा धनगढीको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले कसलाई उठाउने भन्ने टुंगो लगाएको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.