पहिचान र अधिकारकालागि कैलालीमा ४ दलको बेग्लै गठबन्धन

धनगढी । आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धमा कैलालीमा विभिन्न ४ दलले बेग्लै गठबन्धन गरेको छ। जनता समाजवादी पार्टी(जसपा) कैलाली, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो।

शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ती दलले गठबन्धन गरेको जानकारी गराएका छन्। साथै उनीहरुले गठबन्धन गर्ने सहमति पत्रमासमेत हस्ताक्षर गरेका छन्। उनीहरुले पहिचान र अधिकारलाई मुख्य मुद्दा मानेर चुनावमा होमिने बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.