कानून, विधि र पद्दति पालना गर्नु सबैको दायित्व : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचन आचारसंहिताको पालना सबैको दायित्व रहेको बताएका छन् । निर्वाचन आयोग र नेपाल कानून समाजले आज धनगढीमा आयोजना गरेको ‘निर्वाचन आचारसंघिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालहरुको भूमिका’ विषय गोष्ठीमा मुख्यमन्त्री भट्टले आचारसंहिता सबैले पालना गर्नुपर्ने बताएका हुन ।

नागरिकले आफूले नगर्नु पर्ने कार्यहरु नगरि दिए आचारसंहिताको आवश्यकता नै पर्दैनथ्यो भन्दै उनले भने  ‘तर, त्यस्तो नभइ दिएकाले कानून, विधि र आचारसंहिता बनेको हो । यसको पालना सबैले गर्नु पर्दछ ।’ भयरहित वातावरणमा आफूले चाहेको जनप्रतिनिधि चुन्न पाउने अधिकार सबैलाई रहेको मुख्यमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, पूर्व सचिव बेगेन्द्र शर्मा पौडेल, नेपाल कानून समाजका निर्देशक कृष्णमान प्रधान लगायतकाले बोलेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.