धनगढी । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो।
२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।
यसरी सुदूरपश्चिमकाे कैलालीमा जयानन्द पनेरु मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचन आयोगले जिल्ला अदालत कैलालीका न्यायधीस पनेरुलाई वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो।
यस्तै कञ्चनपुरमा न्यायधीस मदनबहादुर धामी, बझाँङमा बिष्णुप्रसाद अवस्थी, बैतडीमा तिलकबहादुर कार्की, दार्चुलामा कोमलप्रशाद आर्चाय, डोटीमा विदुर काफ्ले, डडेल्धुरामा हरिप्रशाद शर्मा, बाजुरामा माधव प्रसाद घिमीरे र अछाममा नवीन कुमार जोशी मुख्य निर्वाचन अधिकृत तोकिएका छन्।