आज अन्तराष्ट्रिय महिला दिवस, मुख्यमन्त्री भट्टद्वारा शुभकामना ब्यक्त

धनगढी । आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस ।दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ । यसै अवसरमा सुदूरपश्चिम सरकारले धनगढीमा र्यालीकाे आयाेजना गरी सचेतनामूलक कार्यक्रम गरिरहेकाे सामाजिक विकास मन्त्रालयले जनएकाे छ ।

नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले शुभकामना सन्देश ब्यक्त गर्दै ‘दिवसले समाजमा रहेका हरेक महिलाकाे सशक्तीकरण, सहभागिता र समानताकोलागि महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै थप लैङ्गिक समानता हासिल गर्न र महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚विभेद‚उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन थप उर्जा र उत्साह प्राप्त हुन सकोस्’ भनेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.