राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदले लिए शपथ

राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई शपथ दिलाएका हुन् । अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरूलाई संघीय संसदको लोगो पनि प्रदान गरेका छन् ।

शपथग्रहण कार्यक्रम संघीय संसद् सचिवालय सिंहदरबारमा भएको हो । १२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।

माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की छनभने एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् ।

एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.