‘ग्याल्पो ल्होसार’को अवसरमा विहीबार सार्वजनिक विदा
सरकारले शेर्पालगायत अन्य उच्च भू-भागमा बसोबास गर्ने बौद्धमार्गी समुदायको विशेष पर्व ‘ग्याल्पो ल्होसार’को अवसरमा भोलि (विहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै फागुन १६ गते बसेको मन्त्रिपरिषदको बैठकले ग्याल्पो ल्होसारको अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ–संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो।
हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठमा हुर्किएका शेर्पालगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय भोलि ग्याल्पो ल्होसार मनाउँदैछन् ।
