धनगढी । तीन दिनदेखि कैलालीकाे धनगढीमा जारी नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीकाे बैठकमा पदाधिकारी छनाैट गर्दा सहमति हुन नसकेपछि निर्वाचन प्रकृया सुरु भएकाे छ ।
अध्यक्ष लगायत पदाधिकारीका आकंक्षी धेरै भएपछि तीन महिनाअघि सम्पन्न प्रदेश अधिवेशनले पदाधिकारी छान्न नसकेपछि बैठकले पदाधिकारी छनाैट गर्न लागेकाे हाे । पटक पटककाे बैठकले पनि पदाधिकारीकाे टुङ्गाे लगाउन नसकेपछि आज चुनाबी प्रकृया थालिएकाे हाे । अध्यक्षमा सुदूरपश्चिम सरकारका उधाेग, पर्यटन, बन तथा बतावरण मन्त्री समेत रहेका माओवादी नेता मानवहादुर धामी (सन्ताेष) र कैलालीका हरीप्रसाद चाैधरी (उत्सब)काे उम्मेदवारी परेकाे छ ।
यस्तै उपाध्यक्ष, सचिव, सहसचिव, काेषाध्यक्ष लगायतका पदमा पनि ताेकिए भन्दा बढीकाे उम्मेदवारी परेकाेले दिउसाे २ बजेदेखि चुनावी प्रकृया थालिएकाे निर्वाचन समिति सदस्य तथा नेतृ मञ्जु बमले जानकारी दिए ।यसअघि मंसिरमा १३ सय बढी प्रतिनिधि सहभागी सुदूरपश्चिम प्रदेश सम्मेलनकाे बन्दसत्रले २ जना पछि थप्नेगरी २२३ सदस्यीय प्रदेश कमिटी चयन गरेकाे थियाे ।
त्यसबेला अध्यक्ष लगायत पदाधिकारीमा एक भन्दा बढी आकंक्षी देखिएकाेले सहमति हुन सकेन र याे कमिटीलाई पदाधिकारी चयन गर्ने जिम्मा दिइएकाे थियाे ।