धनगढी । जंगलमा घास काट्न गएको बेला बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।शनिबार जंगलमा घास काट्न गएको बेला बाघको आक्रमणबाट बाँके राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सामुदायिक वनमा बिहान आठ बजे घास काट्न गएको बेला बाघ आक्रण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको शव करिब १० बजे जंगलमा फेला परेको थियो ।
यसअघि २९ वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोना ५३ वर्षीया लीला विष्टको पनि बाघले आक्रमणबाट मुत्यु भएको थियो । बाँकेमा पाँच महिनायता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।